कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले फोहरमैला बिसर्जन केन्द्र बनाउनका लागि विस्तृत अध्ययन गर्ने भएको छ ।
नगरभित्रको फोहरमैला व्यवस्थापन गर्न एकीकृत फोहरमैला बिसर्जन केन्द्र निर्माणका लागि विस्तृत अध्ययन गरी कार्यान्वयन गर्न विज्ञ सहितको कार्यदल गठन गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।
यो कार्यदल गठन गर्ने अधिकार बैठकले नगरप्रमुखलाई दिएको छ । भीमदत्तमा फोहरमैला बिसर्जन केन्द्र नहुँदा फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।
Facebook Comments Box