काठमाडौं – अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज (सोमबार) बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरिएको छ ।
असार ५ गते बस्ने बैठकका लागि बोलाउने निर्णय गरेको समितिका सदस्य राम कार्कीले जानकारी दिए ।
सरकार प्रमुखको आसन्न आमेरिका भ्रमणबारे देउवासँग छलफल गर्न लागेको बताइएको छ । यस्तै, बैठकमा परराष्ट्र मन्त्री नारायण खड्कालाई पनि बोलाउने निर्णय भएको सदस्य कार्कीले बताए ।
Facebook Comments Box