सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँपालिका २ कि २२ वर्षिया राधिका कार्कीलाई प्रेमीले शरीरमा करेन्ट लगाइदिएका छन् ।
अहिले अस्पतालमा लावारिश अवस्थामा उपचार गराइरहेकी कार्कीलाई जेठ १७ गते प्रेमिले जिउमा केरन्ट लगाइदिएका हुन् । अहिले नयाँ जिवनको लागि संघर्षरत छिन् ।
प्रेमि अरुण शाहले राधिकाको दुवै हातखुट्टा सहित जिउभरि विद्युतिय करेन्टले पोलिदिएको पिडितले बताएकी छिन् । राधिका कोल्टोसम्म फेर्न नसकिने अवस्थामा छिन् ।
गत जेठ १७ गते प्रहरीले उनलाई जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्याएको थियो । प्रेममा परेर सिन्धुलीबाट जनकपुर पुगेर आफूलाई बन्धक बनाएर करेन्ट लगाइएको राधिकाले बताइन् । करिब ८ महिना अघि घर छोडेर जनकपुर आएकि राधिकाले प्रेमिलाई विवाह गरेर घर लैजान आग्रह गरेपछि जिउभरि करेन्ट लगाएर मरणसान्न पारिएको पिडितले बताएकि छिन् । उनले भनिन, ‘डेढ वर्ष भइसकेको चिनेको । ८/८ महिना भइसकेको कोठामामात्र कति राख्नु हुन्छ । घर लैजानुहोस् न अब विवाह गरेर । मैले यस्तो भनेपछि उस्ले मलाई करेन्ट लगाइदिएको हो ।’ लावारिस अवस्थामा उपचार गराइरहेकि राधिकालाई धनुषाको महेन्द्रनगर बस्ने अरुण शाहले करेन्ट लगाइदिएका हुन् । जनकपुरको थापाचोकमा उनैले खोजेको डेरामा बस्दै आएकी राधिका अर्थोपार्जनकालागि नजिकैको अस्पतालको क्यान्टिन तथा होटलमा काम गर्दै आएकी थिइन् । अरुण भने डेरामा आउजाउ गरिरहन्थे । घटना सार्वजनिक भएपछि अरुण फरार छन् । अहिले राधिकाको हेरचाह गर्न अस्पतालमा आफन्त कोहि छैनन् । हातखुट्टा चलाउने अवस्था पनि छैन । राधिका कोल्टोसम्म फेर्न नसकिने अवस्थामा छिन् ।