दार्चुला – पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै अनेरास्ववियु जिल्ला कमिटि दार्चुलाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
गठनबन्ध सरकारले निरन्तर रुपमा नेपाली जनताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थमा मुल्य बृद्धि गरेको भन्दै तत्काल फिर्ता गरि पुरानै मुल्य कायम गर्न माग सहीत ज्ञापनपत्र बुझाएको हो ।
अनेरास्ववियु जिल्ला अध्यक्ष गणेश सामन्त द्धारा हस्ताक्षरित विज्ञप्तीमा पेट्रोलमा २१ रुपैया, डिजेल र मट्टितेलमा २७ रुपैँया मुल्य बृद्धि गरेको प्रती संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाउदै निरन्तर बढेको मुल्य बृद्धिको समायोजन र कालोबजारीको तत्काल अनुगमन गरी मुल्य बृद्धि फिर्ता लिन माग गरेको छ ।
तत्काल फिर्ता नभए संगठनको तर्फबाट हुने चरणबद्ध आन्दोलनबाट हुनसक्ने सम्भावीत क्षतिको जवाफदेही नहुने समेत विज्ञप्तीमा भनिएको छ । “ज्ञापनमा जनताको आधारभुत आवश्यकता संग प्रत्यक्ष रुपमा गासिएका पेट्रोलियम पदार्थमा मुल्यबृद्धि गदै निगमले आफनो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखि गरिएको मुल्यबद्धि तत्काल फिर्तालिन अनेरास्ववियु जोडदार माग गर्दछ ”ज्ञापनमा भनिएको छ । अनेरास्ववियुमा आबद्ध नेताहरुको उपस्थितीमा प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई ज्ञापन पत्र बुझाएको थियो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै दैनिक उपभोग्य बस्तुको मूल्य आकाशिएको भन्दै नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्वयूले दार्चुलाको खलंगा बजार भोली बन्द गर्ने जनाएको छ । मूल्य वृद्धि हुँदा समेत सरकारले ध्यान नदिएकाले भोलि खलंगा बजार बन्द गरिने अनेरास्वयू जिल्ला कमिटि अध्यक्ष गणेश सिह सामन्तले जानकारी दिनु भएको छ । यस्तै विहिबार यातायातहरु पनि चल्न नदिने अध्यक्ष सामन्तले बताए । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि तत्काल फिर्ता गर्नुपर्ने आफूहरुको माग रहेको उनले बताए ।