सुर्खेत – जाजरकोट बारेकोट गाउँपालिका वडा नम्वर २ र ५ को बीचमा रहेको घाट बजारस्थित नलगाड नदीमा पुल नहुँदा नदीबाट ट्याक्टर तार्न खोज्दा नदीमै फसेको छ ।
सो ट्याक्टर निकाल्न आइतबार गएको डोजर समेत नदीमै फस्दा समस्या भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए ।
लगातार पानी परिरहेकोले डोजर र ट्याक्टर निकाल्न समस्या भएको छ । नदीमा पानी कम भएको बेला यसरी ट्याक्टर वारपार गरानु सामान्य जस्तै हो । तर, पानीको सतह बढेका कारण अहिले समस्या भएको हो ।
Facebook Comments Box