काठमाडौं – आईजीपी बढुवा विरुद्धको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।
एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा असार २६ गतेका लागि हेर्दाहेर्दैमा राखिएको हो।
आइतबार धीरजप्रताप सिंह तर्फका १८ जना वकिलहरूले बहस गरेका छन् । आगामी २६ गते विश्वराजका तर्फका वकिलहरूले जवाफ दिनेछन् । त्यसपछि फैसला हुनेछ ।
मन्त्रिपरिषद्ले वरिष्ठता मिचेर आईजीपी नियुक्त गरी आफूमाथि अन्याय गरेको भनी एआईजी पोखरेलले सर्बोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
पोखरेलले वैशाख १७ गतेदेखि एक महिना लामो बिदा लिएका थिए । त्यसपछि उनको बिदा सकिए पनि अहिलेसम्म उनी बिना बिदा स्वीकृति कार्यालयमा उपस्थित भएका छैनन् ।
Facebook Comments Box