दार्चुला – दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक किशोर बेपत्ता भएका छन् ।व्याँस गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट महाकाली नदीमा खसेर १७ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन् ।
भारत गर्वाधार बजारबाट समान लिएर घर फर्कने क्रममा दुम्लिङका १७ वर्षीय बुढाथोकी तुइन चुडिँदा महाकाली नदिमा बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता बुढाथोकीको खोजी कार्य भइरहेको छ ।
Facebook Comments Box