काठमाडौं – प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दै छ। संसद सचिवालयका अनुसार बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ।
बैठकका लागि सम्भावित कार्यसूची बनाइएको छ। जसअनुसार आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामुखले निर्णायार्थ प्रस्तुत गर्ने कार्यक्रम छ।
यसैगरी बैठकमा तथ्यांक विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
कार्यसूची:
Facebook Comments Box