काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाविटा हाउसमा डोजर चलाएको छ ।
भुईं तल्लामा अवैध तवरले पसल सञ्चालन गरेको ठहर भएसँगै महानगरले पार्किङका लागि खाली गर्न लागेको हो । नक्सा इजाजतको अध्ययन र विश्लेषण गरेर महानगरपालिकाले सो भवनमा अवैध तवरले तल्लो तलामा पसल सञ्चचालन गरेको ठहर गरेको हो ।
बिहान मेयर बालेनसहितकाे टाेली निरिक्षणका लागि पुग्दा र अल्फा हाउसका घरधनीबीच नक्सा र भुईं तल्लाको प्रयोगबारे विवाद भएको थियो । बालेनले घरधनीसँग नक्सा मागेका थिए, तर घरधनीले महानगरमै भएको जवाफ दिएपछि बालेन जंगिएका थिए ।
बालेनले नक्सा लिएर महानगरमा उपस्थित हुन भनेका थिए । मेयरका स्वकीय सचिव भुपदेव शाहका अनुसार महानगरले अल्फा हाउसको नक्साको अध्ययन गरेको छ र तल्लो तल्ला अनधिकृत प्रयोग भएको ठहर गरिएको छ ।
Facebook Comments Box