रुपन्देही – सहरी विकासमन्त्री मेटमणी चौधरीले मङ्सिरमा हुने निर्वाचनपछि मुलुक नयाँ दिशातर्फ अघि बढ्ने बताएका छन् ।
बुटवलस्थित रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले मुलुकमा संविधानको कार्यान्वयनका लागि गठबन्धन दलहरूलाई विजयी गराउनुपर्ने आवश्यकता औँल्याए । मन्त्री चौधरीले संविधानविरोधी तत्वहरूबाट देश बचाउन सबै पार्टी एकजुट हुनुपरेको उल्लेख गरे ।
नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्यसमेत रहेका उनले मुलुक समृद्धिको बाटोमा अघि बढिरहेका बेला फेरि गोलचक्करमा पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताए।
Facebook Comments Box