काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका सरकारी विद्यालयमा आठ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्चबापत उपलब्ध गराउने भएको छ ।
नेपाल सरकारले कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकालाई खाजास्वरुप १५ रुपैयाँ दिने र त्यसमा महानगरपालिकाले १० रुपैयाँ थप्ने गरी प्रस्ताव भएको हो ।
काठमाडौं महानगरपालिकाको आज बसेको कार्यपालिकाले ७ र ८ कक्षामा अध्ययन गर्ने बालबालिकालाई पनि खाजा खर्च उपलब्ध गराउने प्रस्ताव गरेको हो । यसका लागि नगरपालिकाले नौ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।
यस्तै, बालबालिकालाई उनीहरूको विद्यालय उपस्थितिको हाजिरी हेरेर खाजा खर्चबापत उपलब्ध गराइने महानगरको शिक्षा विभागले जनाएको छ ।
Facebook Comments Box