काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ।
समितिको बैठक यसअघि भदौ १५ र १६ गते बसेको थियो। बिहीबार बसेको समितिको बैठक २ घण्टामात्र चलेको थियो। समितिका सदस्यहरुको कार्य व्यस्तताको कारण २ घण्टा बसेर सकिएको थियो।
महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर विष्टले जबरालाई सोधिने प्रश्नहरू बाँकी रहेकाले भदौ १९ गते ११ पुनस्बयान हुने जानकारी। बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन्। प्रश्नहरू लामो भएकाले समय लागेको बताइएको छ।
तर जबराले प्रश्नको उत्तर दिनेभन्दा पनि संसद्, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाएका छन्।
Facebook Comments Box