काठमाडौं – श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आइपीओ भदौ १५ गतेबाट निष्कासन भइरहेको छ | यस कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता सेयर आइपीओ जारी गरेको हो |
श्रृजनशील लघुवित्तको आइपीओमा आज आइतबार बिहान १०:०९ बजेको पछिल्लो अपडेट अनुसार माग भन्दा ५०.६४ गुणा बढीको आवेदन परेको छ | सीडीएसका अनुसार १ अर्ब ८६ करोड ६६ लाख ९१ हजार रुपैयाँ आवेदन परिसकेको छ | १६ लाख ९० हजार ६३० जनाले १ करोड ८६ लाख ६६ हजार ९१० कित्ताका लागि आवेदन दिईसकेका छन् |
जसमा (५ % ) १९ हजार ६९० कित्ता सामुहीक लगानी कोष र (०.५%) ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिनेछ ।
भदौ १५ गतेदेखि खुल्ने यस आइपीओमा आज भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ ।
श्रृजनशील लघुवित्तको आइपीओमा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ | रेटिङ एजेन्सी इक्रा नेपालले यस कम्पनीको आइपीओलाई ‘केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ’ रेटिङ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।