काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले न्यायोचित तवरमा सिटको बाँडफाँट नभए गठबन्धनको औचित्य सकिने बताएका छन्।
पर्साको वीरगञ्जमा स्थापना भएको मधेस विश्वविद्यालय कार्यालय भवनको बिहीबार उद्घाटन गर्दै अध्यक्ष यादवले भने सवै राजनीतिक दलहरुलाई न्यायोचित तवरले सिट बाँडफाँट नभए सत्ता गठबन्धनको कुनै अर्थ नहुने उल्लेख गरे।
उनले भने,‘तालमेल गर्दा न्यायोचित हिस्सा र भागेदारी भएन भने यस खालका गठबन्धनको कुनै अर्थ रहँदैन। सबै दललाई वीन-वीन हुने गरी अगाडि बढ्नुपर्छ।’ गठबन्धनमा जसपाले ३२ सिट दाबी गरेको पनि उनले बताए। ‘हुन त हाम्रो दाबी ३२ सिटमा छ। यो छलफल र समझदारीको विषय हो। समझदारी गर्दा कहाँ गएर टुंगिन्छ। त्यसलाई स्वीकार गरेरै अघि बढ्छौँ’उनले भने।
Facebook Comments Box