भक्तपुर – जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपलिका वडा नं. ५ राधे राधे स्थित ईजी वे ट्रायल सेन्टरमा नक्कली नगारिकता र नक्कली प्रवेश पत्र बनाई अन्य ब्यक्तिहरुको ट्रायल दिने कार्यमा संलग्न हुँदै आईरहेका निम्न ब्यक्तिहरुलाई बिभिन्न मितिमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले नक्कली नागरिकताहरु, पासपोर्ट, प्रबेश पत्रहरु, बिभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाईल सहित नियन्त्रणमा लिई “लिखत सम्बन्धि कसुर” मा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मनिष श्रेष्ठ २० जिल्ला सिन्धुली दुधौली न.पा. ११ टाँडीका हाल काठमाडौं रहेका छन् भने अर्का अभियुक्त मनिष लामिछाने २० जिल्ला सिन्धुली दुधौली न.पा. ४ तिनकुने काठमाण्डौ, ईन्द्र बहादुर शाही २४ जिल्ला कालिकोट महाबई गा.पा. १ कटुञ्जे भक्तपुर,टुल्कु सिं तामाङ २१ जिल्ला सिन्धुली दुधौली न.पा. १४,राज कुमार श्रीमल २२ जिल्ला गोरखा भिमसेन स्थान गा.पा. १ का रहेका छन् ।