काशिराम जैसी,
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले कैलाली-काठमाडौं सम्पर्क समितिको दोस्रो सम्मेलन तथा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम शनिवार एक कार्यक्रमका बिच भब्य रुपमा सम्पन्न गरेको छ।
सम्मेलनले पवन चौलागाईं को अध्यक्षतामा २१ सदस्यीय कमिटी चयन गरेको छ। जसको उपाध्यक्षमा विभोर भट्ट,सचिवमा प्रविन भाट, सह-सचिवमा काशिराम जैसी,कोषाध्यक्षमा दिर्घी रावत रहेका छन ।
प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष मदन भुल, बिशिष्ट अतिथि संविधान सभा सदस्य भगत बडुवाल , अतिथि मोहोन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय (हिमशिखर),अखिल (क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य पदम काफ्ले, उपत्याका विशेष प्रदेश कमिटी उपाध्यक्ष नरेन्द्र बयाडी, अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य खगेन्द्र रावल ,अखिल (क्रान्तिकारी) मिन बब्ली ,उपत्याका विशेष प्रदेश कमिटी सचिव दीपा जैसी,अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला सह सचिव मिनराज पाण्डे, नेकपा माओवादी पार्टी सम्पर्क समिति अध्यक्ष हरि अधिकारी,अनेरास्ववयु (क्रान्तिकारी) सुदुरपश्चिम-काठमाडौँ प्रदेश संयोजक प्रेम जैसी, पोखरा विश्ववद्यालय राष्ट्रिय कमिटी अध्यक्ष जीवन खड्का, अनेरास्ववयु (क्रान्तिकारी) सुदुरपश्चिम- काठमाडौँ प्रदेश सह-संयोजक नवराज जैशी ,जनार्दन उपाध्याय , गणेश ज्ञवाली, शंकरदेव क्याम्पस अध्यक्ष वीरेन्द्र जि.सि ,अस्कल क्याम्पस अध्यक्ष जितेन्द्र भण्डारी , बैतडी-काठमाडौं सम्पर्क समिति अध्यक्ष करण कुँवर,अस्कल क्याम्पस सचिव को बिशेष उपस्थितिमा सम्मेलन सम्पन्न भएको हो।
पवन चौलागाईंको अध्यक्षता ग्रहणसँगै सुरुभएको कार्यक्रमको सञ्चालन प्रकाश जोशीले गरेका थिए।