काठमाडौँ– युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा स्वागत र्याली निकालेको छ ।
संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयक फिर्ता गरेकोमा प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन युवा संघले स्वागत गर्दै र्याली निकालेको हो ।
संघले राष्ट्रपतिको कदमलाई ऐतिहासिक कदमको संज्ञा दिदैं स्वागत गरेको हो ।
Facebook Comments Box