काठमाडौं- गण्डकी प्रदेश कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। हिजो धनगढीमा सुदुरपश्चिम प्रदेशलाई सडनडेथमा हराउँदै गण्डकी अन्तिम दुईमा पुगेको हो। हिजो भएको खेल २–२ को बराबरी भएपछि पेनाल्टी भएको थियो। रात परेपछि आधामै पेनाल्टी रोकिएको थियो।
आज भएको सडनडेथमा गण्डकी प्रदेशले सुदुरपश्चिम निलोलाई १४–१३ले हराएको हो। प्रतियोगितामा बागमति र प्रदेश नम्बर १ ले सहभागीता जनाउन नसक्ने भएपछि कर्णाली प्रदेश सिंधै फाईनल पुगेको छ। प्रतियोगिता अन्तर्गत अब एक मात्रै सेमिफाईनल हुनेछ।
आज हुने सेमिफाईनलमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्नेछन्। पिएफए स्पोटर््स क्लब अत्तरियाको आयोजनामा भईरहेको प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको विजेताले नगद ५ लाख, सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन भने उप विजेताले नगद ३ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगीतामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ।