काठमाडौं – दुई दशक अगाडी निकै चर्चा कमाएको टेलि सिरियल ‘हिजोआजका कुरा’ चलचित्रको रुपमा प्रर्दशन हुने भएको छ ।
वरिष्ठ हास्यकलाकार सन्तोष पन्तको मुख्य भूमिका रहेको यस चलचित्रमा पुरानै कलाकारहरु रमा थपलिया , सबिन शाक्य , मंजु श्रेष्ठ लगाएत नयाँ थप अनुहारका चर्चित कलाकारहरु जयनन्द लामा , लक्ष्मी भुषाल , निरन्जन अर्याल,रमेश अधिकारी ,कमला रेग्मी ,रिचा शर्मा , रिमा बिश्वकर्मा , दिव्यदेव पन्त , के के अधिकारी ,साकार पन्त ,अनुष्का अधिकारी ,जेविका कार्की , विनायक कुइकेलआदिको जोडदार भूमिकामा रहेको छ ।
पन्त फ्लिम प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा साकार पन्तको निर्देशन , छायांकनमा रवि सायमी , सम्पादन / कलर / ग्राफिक्स मा बिनय कंसाकार , पार्श्व संगीतमा भुपेन्द्र बज्राचार्य , साउण्ड मिक्सिंग बिजु कर्माचार्य रहेका छन्। कथावस्तुमा सन्दिप कृष्णा , साकार पन्त , निरन्जन पन्त रहेका छन् ।
पन्त फिल्म प्रोडक्सनको आयोजनामा आज एक कार्यक्रमबीच चलचित्र ‘ हिजोआजका कुरा ’ द मुभि भोलि असोज २८ गते रिलिज हुने निर्देशक साकार पन्तले जानकारी दिए । कलाकार सबिन शाक्यले नेवार समाजका घटनालाई पनि मुख्य प्राथमिकतामा राख्दै आएको बताए। यसै गरी छायांकार सायमीले छायांकन पक्ष्य्मा कुनै कमि नरहेको बताए ।
यसअघि २०७७ वैशाख १२ गतेलाई प्रदर्शन मिति तोकेको यो फिल्म कोरोना महामारीका कारण सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि स्थगित गरिएको थियो ।
सांगीतिक पक्ष्यमा रामकृष्ण ढकाल , मेलिना राइ , हर्कुलस बस्नेत , सन्ध्या जोशीले स्वर दिएका छन्, भने आनन्द अधिकारी , हर्कुलस बस्नेत, सविन (एकतारे)को शव्दमा दिपक शर्मा ,हर्कुलस बस्नेतको सुमधुर संगीत रहेको छ ।
सामाजिक परिवेस भित्रका घटना परिघटनालाई समेतेर तयार गरिएको यो चलचित्र पुरानै टेली सिरियलको स्वादलाई नयाँ ढंगले पस्किएको छ। यस चलचित्रले युवा पुस्तालाई हदैसम्म प्रभावित गर्ने निर्माण पक्षले विश्वास लिएको छ।