काठमाडौँ – भारत सरकारले राजीव गान्धी फाउन्डेशन (आरजिएफ) को ‘फरेन कन्ट्रिब्यूशन रेगुलेशन एक्ट’ (एफसिआरए) लाइसेन्स रद्द गरेको छ ।
गान्धी परिवारसँग जोडिएको गैरसरकारी संस्थामाथि विदेशबाट प्राप्त हुने वित्तिय सहयोग सम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाइएको छ ।
समाचार संस्था पिटिआईका अनुसार गृह मन्त्रालयले सन् २०२० को जुलाईमा बनाएको कमिटीको अनुसन्धानका आधारमा लाइसेन्स रद्द गरिएको हो । कांग्रेस अध्यक्ष सोनिया गान्धी राजीव गान्धी फाउन्डेशनकी अध्यक्ष हुन् । पूर्व प्रधानमन्त्री मनमोहन सिंह, पूवए वित्त मन्त्री पी चिदम्बरम, राहुल गान्धी र प्रियंका गान्धी यसका ट्रस्टी हुन् ।
लाइसेन्स रद्द भएसँगै अब सो संस्थाले विदेशी सहयोग लिन पाउने छैन । सन् १९९१ मा स्थापना भएको आरजिएफले स्वास्थ्य, विज्ञान तथा प्रविधि, महिला तथा बाल विकास, अपांगता भएकाहरुको सहयोगका लागि काम गर्दै आएको थियो ।
संस्थाले सन् २००९ सम्म काम गरेको थियो । शिक्षा क्षेत्रमा पनि संस्थाले काम गरेको छ।