काठमाडौँ – अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले पहिलो खेलमै जित दर्ता गराएको छ । सुपर १२ को समूह २ अन्तर्गत सोमबार भएको खेलमा नेदरल्याण्ड्सलाई ९ रनले पराजित गर्दै बंगलादेशले पहिलो खेलमै जिता हात पारेको हो ।
बंगलादेशले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले अन्तिम बलका सबै विकेट गुमाउँदै १३५ रनमात्र बनाउन सक्यो । नेदरल्याण्ड्सका लागि कोलिन अकेरमन सर्वाधिक ६२ रन बनाए पनि आफ्नो टोलीलाई जिताउन सकेनन् ।
बंगलादेशका टस्किन अहमदले ४, हसन महमुदले २ तथा कप्तान साकिब उल हसन र सौम्य सरकारले समान १/१ विकेट लिएपछि नेदरल्याण्ड्स लक्ष्यमा पुग्न सकेन । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो।
बंगलादेशका लागि आफिफ होसेनले सर्वाधिक ३८, नजमुल होसेन शान्तोले २५ तथा मोसाडेक होसेनले अविजित २० रन बनाएका थिए । नेदरल्याण्ड्सका लागि बास डी लिडी र पल भान मिक्रनले समान २/२ विकेट लिएका थिए ।
जितसँगै बंगलादेश २ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। समान अंक भएको भारतभन्दा बंगलादेश नेट रनरेटले अगाडि छ । पराजित नेदरल्याण्ड्स भने १ खेलमा अंकविहीन रहँदै अन्तिम स्थानमा रहेको छ ।
सोमबार नै जिम्बावे र दक्षिण अफ्रिकाबीच खेल हुनेछ ।