काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द चुनाव प्रचार प्रसारमा लागेको भन्दै नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
महासचिव क्षितिज थेबेले एक विज्ञप्ति जारी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले आप्mनो पदीय आचारसंहिताको उल्लंघन गर्ने गरी कञ्चनपुरको एउटा होटलमा बसेर धम्कीजन्य काम गरेको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुस्न्धान आयोगका आयुक्त जस्तो गरिमामय पदमा बसेर पदीय आचारसंहिताको उल्लंघन गर्ने छुट जो कोहीलाई छैन । हामी चेतावनी दिन चहान्छौं कि चन्दबाट भईरहेको काम तत्काल बन्द होस् । निर्वाचन आचारसंहिता विपरित हुने कुनै पनि कार्य हामीलाई सैह्य हुनै सक्दैन र यस विषयमा हामी निर्वाचन आयोगलाई पनि ध्यानाकर्षण गराउन चहान्छौं । अन्यथा परिआउने परिस्थितिको मूल्य स्वयम् निर्वाचन विथोल्न खोज्ने व्यक्तिले चुकाउनुपर्नेछ ।