महेन्द्रनगर – कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपकबहादुर सिंहले भीमदत्त नगरपालिका–१ राजीपुरमा खोलेको सम्पर्क कार्यालय हटाउन नेपाली कांग्रेसका कार्यकर्ता दवाव दिइरहेका छन्।
सिंहले शुक्रबार बिहान राजिपुरमा सम्पर्क कार्यालय खोलेका थिए। कांग्रेसका कार्यकर्ताहरुले सिंहका समर्थक तथा घरधनीलाई सम्पर्क कार्यालय हटाउन दवाव दिइरहेका हुन्।
यसअघि पनि कांग्रेसका कार्यकर्ताहरुले स्वतन्त्र उम्मेदवार सिंहको प्रचारप्रचारमा गएकालाई धम्की तथा दवाव दिएका थिए।
स्वतन्त्र उम्मेदवार सिंहले अराजनीतिक गतिविधि रोक्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन्। ‘कांग्रेसले यस्ता अराजनीतिक गतिविधि तत्काल रोक्नुपर्छ,’ उनले भने, ‘फेरी त्यस्ता गतिविधि गरेमा कानूनी उपचार खोज्छौं।’
Facebook Comments Box