महेन्द्रनगर – कञ्चनपुरमा डेंगुका कारणले एक किशोरीको मृत्यु पनि भएको छ ।
बेलौरी नगरपालिका–१० की एक किशोरीको ज्यान गएको छ । बुधबार साँझ उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएकी भुडाकी १६ वर्षीया दीपा चौधरीको डेंगुका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
करिब दुई सातादेखि उनलाई टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको थियो । गाउँकै मेडिकलमा उनको उपचार भइरहेको थियो । ज्वरो झनझन बढेपछि थप उपचारको लागि एक साता अघि निर्सग अस्पताल पु–याइएको थियो ।
उपचारकै क्रममा चौधरीको बुधबार साँझ मृत्यु भएको थियो । चौधरी गाउँकै एक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन् । कञ्चनपुरमा डेंगुको जोखिम कायमै रहेकाले सर्तकता अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।
अहिले पनि डेंगु सार्ने लामखुट्टे नष्ट नभएका कारणले सचेत सर्तक रहन जिल्ला अस्पतालका कञ्चनपुरका किटजन्य रोग सम्बन्धि स्रोत व्यक्ति तथा औलोरोग प्रमुख शिद्धराज भट्टले जानकारी दिएका छन् ।