विराटनगर – गृह मन्त्रालयले मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि करिब ३ लाख सुरक्षाकर्मी परिचालन गरिने बताएको छ ।
विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले प्रवक्ता पोखरेलले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएको बताउदै निर्वाचन सुरक्षाका लागि म्यादीसहित २ लाख ९८ हजार ५ सय ८९ जना सुरक्षाकर्मी परिचालन हुने बताए ।
निर्वाचनमा खटिने कर्मचारी, उम्मेदवार, मतदाता, निर्वाचन सामग्री सबैको सुरक्षा सरकारको प्राथमिकतामा परेको बताउदै प्रवक्ता पोखरेलले मतदानका दिन ३ घेराको सुरक्षा प्रबन्ध गरिने जानकारी दिए । पहिलो घेरामा नेपाल तथा म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने छ । मतदानका दिन ३ घेराको सुरक्षा प्रबन्ध गरिने जानकारी दिए । पहिलो घेरामा नेपाल तथा म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने छ ।