धनगढी – कैलालीको धनगढी बजारको मुख्य सडक फराकिलो बनाउनको लागि ४ दिन देखि संरचना हटाउने कार्य जारी रहेको छ । धनगढी उपमहानगरपालिकाले मुख्य सडकको १५/१५ मिटर दायाँ बायाँ पर्ने भौतिक संरचना हटाउन लागेको हो ।
सोही कार्य अन्तरतग आज लक्ष्मी नारायण मन्दिरका संरचना उपमहानगरपालिकाले डोजर प्रयोग गरेर भत्काएको छ । नगरपालिकाले आज शनिबार बिहानैदेखि २ वटा डोजर प्रयोग गरेर संरचना भत्काइरहेको छ ।
उपमहानगरपालिकाले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडकलाई केन्द्रले दायाँबायाँ १५र/१५ मिटर फराकिलो बनाउन सडक क्षेत्रमा बनेका संरचना भत्काइरहेको हो ।
गत १३ भदौमा उपमहानगरपालिकाले असोज मसान्तसम्म सडक क्षेत्रमा पर्ने संरचना भत्काउन सूचना जारी गरेको थियो तर व्यवसायीहरुले दशैँ, तिहार र छठ पर्वसम्म पर्खिदिन आग्रह गरेपछि उपमहानगरपालिकाले थप छठसम्मको समय दिएको थियो ।
सम्बन्धीत घरधनीलाई आफै संरचना भत्काउन समय दिएको उपमहानगरले अटेरी गरेमा डोजर चलाउने जनाएको छ ।