दार्चुलाको प्रदेश सभा (क) क्षेत्रमा गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारको डर छ ।
स्वतन्त्र उम्मेदवार एवं नेपाल पत्रकार महासंघ दार्चुलाका पुर्व अध्यक्ष शंकरसिह धामी प्रत्यक्ष राजनितिमा नजोडीएको भएता पनि पत्रकारिता पेशाबाट राजनितिक दलका नेताहरुलाई पटक पटक जिल्लाको समग्र विकासका लागि शसक्त रुपमा कलम चलाउदै आएकोले जनतामाझ निकै लोकप्रिय भएकोले दलका उम्मेदवार उहाँसंग डराएका छन् ।
कलमबाट मात्रै नभई सार्वजनिक सरोकारका कार्यक्रमबाट सिमा क्षेत्र लगायत जिल्लाको समग्र विकासमा खरो आवाज उठाउदै आएका स्वतन्त्र उम्मेदवार धामी सबैको मनमस्तीष्कमा भिजेकोले सचेत नागरिक उहाँको पक्षमा प्रचारप्रसार गर्न थालेपछि प्रदेश सभा (क) क्षेत्रमा दलका उम्मेदवारहरु दलिय प्रतिस्पर्धा भन्दा पनि स्वतन्त्र उम्मेदवारसंग डराएका छन् ।
दलका नेताहरुप्रति जनताको आक्रोश बढिरहेकोले पनि दलका नेता भन्दा पनि स्वतन्त्रलाई साथ समर्थन बढ्दै गएकोले प्रदेश सभा (क) क्षेत्रतर्फ दलका नेताहरु डराउन थालेको महाकाली नगरपालिका वडानम्बर ३ का स्थानिय महेशराज भट्टको भनाई रहेको छ । मतदाताले विगतमा दलका नेताहरुलाई पटक पटक मतदान गर्दा पनि जिल्लाका समस्या जस्ताका त्यस्तै रहेकोले पनि मतदाताहरु दलभन्दा पनि स्वतन्त्र उम्मेदवारलाई सघाउन तल्लीन रहेको उहाँको भनाई छ ।
स्थानिय तहको निर्वाचनले पनि दलभन्दा पनि स्वतन्त्र उम्मेदवार ठिक छन् भन्ने सन्देश दिईसकेकोले दार्चुलामा पनि स्वतन्त्र उम्मेदवारलाई जनताले अपार माया गर्नेमा कुनै शंका राख्ने ठाउँ नभएको भट्टको भनाई रहेको छ । स्वतन्त्र उम्मेदवार शंकरसिह धामी संग गठबन्धनबाट नेपाली कांग्रेसका साझा उम्मेदवार विक्रमसिह धामी र नेकपा एमालेबाट हरदेव जोशी उम्मेदवार रहेका छन् ।