दार्चुला – जिल्ला निर्वाचन कार्यालय दार्चुलाले महाकाली नगरपालिकाको खुल्ला मंञ्चमा आइतबार आयोजना गरेको नमुना मतदानमा कुल खसेको मतमध्ये २८ जनाको मत बदर भएको पाइएको छ ।
आइतबार निर्वाचन कार्यालय दार्चुलाले आसन्न निर्वाचनलाई ध्यानमा राखेर खूल्ला मंञ्चमा आयोजना गरेको नुमना मतदान कार्यक्रममा उतm संख्याको मतबदर भएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सुचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिउ ।
सुचना अधिकारी जोशीका अनुसार एकजनाले ४ मतपत्रमा मतदान गर्नुपर्ने भएकाले जम्मा ११८ जनाले मतदान गर्दा ४७२ मत खसेकोमा २८ जना मत बदर भएको उनले बताए ।
आइतबार खुल्ला मंञ्चमा मतदान गर्ने तरीकाको बारेमा जानकारी दिनका लागि नमूना मतदानको आयोजना गरिएको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । कार्यालयका अनुसार कुल खसेको मत मध्ये झण्डै ६ प्रतिशत मतसख्या बदर भएको बताइएको छ ।
नुमुना मतदान कार्यक्रममा केही मतदाताहरुले प्रतिनिधि सभा र प्रदेश प्रत्यक्षतर्फको मत तथा प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक तर्फको मत समेत छुट्टाछुटै मतपेटिका खसालेको समेत पाइएको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयले शहरी क्षेत्रमा मात्रै नमूना मतदान कार्यक्रम सञ्चालन गरेकाले ग्रामीण क्षेत्रमा नमूना मतदान सञ्चालन गर्न सहभागीहरुले सुझाव दिएका छन् । यसरी हेर्दा यो पटक मतदानमा धेरै मत बदर हुने आकलन समेत गरिएको छ ।
ग्रामीण क्षेत्रका धेरै नागरिकलाई मतदान गर्ने तरीकाका बारेमा थाहा नहुँदा समस्या हुन सक्ने आँकलन गरिएको हो । तर निर्वाचन कार्यालयले भने धेरै पटक निर्वाचन भइसकेकाले मतदाता नअलमलिने दाबी गरेको छ । नमुना मतदानमा कर्मचारी, सर्वसाधारण देखि संचारकर्मीको सहभागिता रहेको थियो ।