कञ्चन्पुर – नेपाल कम्युनिष्ट पार्टी एमालेका ३२ जना सदस्यहरूले सामुहिक राजिनामा दिएका छन् ।
कार्यकर्ताको मर्म नबुझि नातावाद-कृपाबादमा एमाले चलेको भन्दै कृष्णपूर नगरपालिका वडा नं। ६ गौरीफाटका एमालेका सदस्यहरूले राजीनामा दिएका हुन् ।
आज आईतबार एक विज्ञप्ती जारी गर्दै उनिहरूले नेकपा एमालेको साधारण सदस्य समेत नरहने भनि राजीनामा दिएका हुन् । एमालेमा व्यक्ती हावी हुँदा पार्टी नै सिध्याउने खेल भएको उनिहरूको आरोप छ ।
एमाले प्रति गरेको जनताको विस्वास ओरालो लागि सकेकोले अब नेपालीले देखेको समृद्ध नेपाल, सुखि नेपालीको सपना एमालेले साकार बनाउन नसक्ने भएकोले राजीनामा दिएको विज्ञप्तीमा लेखिएको छ ।
Facebook Comments Box