महेन्द्रनगर – सुदूरपश्चिम आउन लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकोप्टर सल्यानको खंलगामा आकस्मिक अवतरण भएको छ।
चुनावी कार्यक्रममा सहभागी हुन सुर्खेत जाने क्रममा मौसम प्रतिकुल भएपछि खलङ्गामा अवतरण गरिएको उनको सचिवालयले जानकारी दिएको छ।
केही समय खलङ्गामा अवतरण भएर पुनः सुर्खेतका लागि प्रस्थान भएको उनको सचिवालयले जनाएको छ।
गोरखाको चुनावी कार्यक्रम सकेर प्रचण्ड कर्णाली र सुदूरपश्चिमका चुनावी सभामा सहभागी हुन लागेका हुन्।
Facebook Comments Box