धनगढी – बझाङमा निर्वाचन नसकिएसम्म मदिरा विक्री वितरण र सेवन गर्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय बझाङले मंगलबार सूचना जारी गर्दै मदिरा विक्री वितरण र सेवनमा रोक लगाइएको जनाएको हो।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाइएको बताइएको छ।
आजदेखि निर्वाचन सम्पन्न नभएसम्म मदिरा ओसारपसार, विक्री वितरण र सेवन गर्न पूर्णरुपमा रोक लगाइएको र कोही कसैले मदिरा ओसारपसार, विक्री वितरण र सेवन गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ।
Facebook Comments Box