कञ्चनपुर – कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा नमुना मतदान कार्यक्रम गरिएको छ। जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको आयोजनामा बेलडाँडी गाउँपालिका २ स्थित रौलेश्वर आदर्श जनता बहुमुखी क्याम्पसको प्राङ्गणमा नमुना मतदान कार्यक्रम गरिएको हो।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नमुना मतदान गरिएको हो। नमुना मतदान कार्यक्रममा बेलडाँडीका सबै वडाबाट प्रतिनिधित्व गर्दै जम्मा ६४ जनाले मतदान गरेको बताइएको छ।
जसमध्ये प्रतिनिधि सभा तर्फ ६४ जनाले गरेको नमुना मतदानमा ५६ मत सदर भएका छन् भने ८ मत बदर भएका छन्। त्यस्तै प्रदेश सभा तर्फ ६३ जनाले नमुना मतदान गरेकोमा ५६ मत सदर र ७ मत बदर भएको बताइएको छ।
Facebook Comments Box