नेपाल र भारतको सीमा क्षेत्र एवं काली र गोरी नदीको संगम स्थल जोलजिवीमा सयौ वर्ष पहिलेदेखि लाग्दै आएको मेला यो वर्ष पनि शुरु हुने भएको छ । सदियौ पुरानो ऐतिहासिक जोलजीवि मेला, महोत्सव नेपालतर्फ विहिबारदेखि विधिवत रुपमा शुरु गर्ने तयारी भएको मालिकार्जुन गाउँपलिकाले जनाएको छ ।
गाउँपालिकाले मंगलबार एक सुचना सार्वजनिक गदै ऐतिहासिक जोलजीवी मेला हाम्रो सान कला सस्कृति र पर्यटन प्रबद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ विहिबार देखि मेला सुरु हुने गाउँपालिका अध्यक्ष हिरा सिह धामीले जानकारी दिए ।
स्थानीय सरकार गठन भएपछि ऐतिहासिक संस्कृति संरक्षण र धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसारको लागि मंसिर १ गते देखि मंसिर १० गते सम्म मेला संञ्चालन हुने उहाँले बताए । छिमेकी भारतीय बजार जौलजीविमा सन् १९७५ बाटै सरकारीस्तरबाट मेलाको आयोजना भइरहेको भएपनि नेपालतर्फ २०७५ साल देखि महोत्सव मेला लाग्ने गरेको छ ।
जौलजीवि मेला परम्परागत रुपमा व्यापारिक मेलाको रुपमा मनाइदै आएको छ ।विगतमा पूर्खाहरुले लगाउँदै आएको पहिरन, भाषा संस्कृति र यस क्षेत्रमा रहेका धार्मिक क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउन मेलालाइ सरकारीस्तरबाट निरन्तरता दिनुपर्ने यहाँका स्थानीयहरुले माग गरेका छन ।
यस क्षेत्रमा कालो नुन, गलैचा जडिबुडी, घिउ तेल नुन डोरी तामा, कासालगायतका भाडाकुडाको व्यापार हुँदै आएको छ । त्रिदेशीय संस्कृति देख्न सकिने ऐतिहासिक जौलजीवि मेला विगतमा जुम्ली घोडाको लागि प्रख्यात मानिन्छ । मेलाबाट जाडोयाममा लगाइने कपडा, घरायसी प्रयोगमा आउने भाडाकुडाहरु किन्ने परम्परा रहेको यस क्षेत्रका स्थानीयहरुले बताएका छन । १० दिन सम्म दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जोलजिवी क्षेत्रमा चल्ने महोत्सवमा बिभिन्न रमाइलोमय साँस्कृतिक प्रस्तुति हुने बताइएको छ ।