काठमाडौं — प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएसंगै डा. तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिएकी छन् ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् । निर्वाचित भएपछि डा.कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा बुझाएकी हुन् ।
काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले डा. कार्कीले आइतबार काउन्सिलमा आएर राजिनामा बुझाएको पुष्टि गरे । आइतबार नै राजीनामा आएकोले उक्त पत्र स्वास्थ्य मन्त्रालयमा पठाइएको पनि रजिष्ट्रार अधिकारीले जनाए ।
Facebook Comments Box