कैलाली-नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीर बहादुर बलायरले प्रदेशमा काँग्रेसको मुख्यमन्त्री बनाउन आफू सभापतिको पदमा आएको बताएका छन्।
नेपाली काँग्रेस कैलालीको नव निर्मित बिपी स्मृति भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। आम जनताले आफू अब मुख्यमन्त्री बन्न आएको होला भन्ने बुझाइ भए पनि आफू नभई काँग्रेसको मुख्यमन्त्री बनाउन आएको बताए।
‘प्रदेशको सभापति हुने इच्छा थिएन मेरो’, उनले भने, ‘तर कहानी लाग्दो प्रदेशको जुन काँग्रेसको अवस्था भयो। यहाँ मान्छेलाई के लाग्ला मुख्यमन्त्री। म मुख्यमन्त्री नभई यहाँ काँग्रेसको मुख्यमन्त्री बनाउन आएको हुँ। म आफू मुख्यमन्त्री बन्न आएको होइन।’
Facebook Comments Box