दार्चुला-सुदूरपश्चिम कानून समाज काठमाडौंले यही चैत्र १९ गत्ते हुने नेपाल बार एशोसिएशनको केन्द्रीय कार्य समितिको निर्वाचनमा उमेद्धवार दिएका समाजका सदस्यहरुलाई सहयोग गर्ने निर्णय गरेको छ।
संस्थाका अध्यक्ष अधिवक्ता प्रताप ठकुराठीको अध्यक्षतमा केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा बसेको वैठकले सो निर्णय गरेको हो।समाज सुदूरपश्चिमेली कानून व्यवसायीहरुको हकहितमा काम गर्ने संस्था भएकोले निर्वाचनमा संस्थाका सदस्यहरुलाई विवाद रहित ढंगले आवश्यक सहयोग गर्ने निर्णय गरिएको’ संस्थाका महासचिव अधिवक्ता दीपक राज जोशीले बताए।
‘सहयोग भन्नाले अन्य सहयोग होइन भोट दिएर सहयोग गर्ने भन्ने हो, संस्थाका सदस्यहरुले मागेको बेला सहयोग गर्नु संस्थाको दायित्व पनि हो’, महासचिव जोशीले भने। बारको निर्वाचनमा २५ पदका लागि ७५ जनाले उमेद्धारी दिएका छन् जसमध्ये आधा दर्जन सुदुरपश्चिमेलीहरुले विभिन्न पदमा उमेद्धारी दिएका छन्।