दार्चुला-जिल्लाको मार्मा गाउँपालिकामा अगामी चैत्र २७ गते देखि गाउँपालिका स्तरीय आधारभुत तह कक्षा ८ को वार्षिक परीक्षा संञ्चालन हुने भएको छ।
शुक्रबार गाउँपालिका स्तरीय उतिर्ण परीक्षा समितिको बैठकले चैत्र २७ गते आइतबार देखि २०७९ साल बैशाख ७ गते सम्म गाउँपालिका स्तरीय आधारभुत तह कक्षा ८ को वार्षिक परीक्षा संञ्चालन गर्ने निर्णय गरेको मार्मा गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र प्रसाद जोशीले जानकारी दिए।शिक्षा शाखा प्रमुख जोशीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। गाउँपालिकाका सामुदायिक विद्यालयमा परिक्षा संञ्चालन गर्ने गरी तयारी गर्ने पनि भनिएको छ।
गाउँपालिकाको शिक्षा समितिले मार्फत नै प्रश्न पत्र तयार गरेर पालिका भित्र रहेका १२ वटा सामुदायीक विद्यालयमा परीक्षा सञ्चालन गरिने मार्मा गाउँपालिकाले जनाएको छ।
अगामी चैत्र २७ गते विहान ८ बजे देखि परीक्षा संञ्चालन हुने जनाएको छ। विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र संत्रास भएकाले केही ढिला गरी परीक्षा संञ्चालन हुने भएको छ। गाउपालिकाभरी यो वर्ष ३७२जनाले कक्षा ८ को वार्षिक परीक्षामा भाग लिने मार्मा गाउँपालिका शिक्षा शखाले जनाएको छ।