काठमाडौँ – जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । कोटेश्वरस्थित तपोवन होटेलमा सो बैठक बोलाएको जनमत पार्टीले जनाएको छ ।
समानुपातिक उम्मेदवारको टुङ्गो लगाउनेदेखि सरकारमा सहभागी, सङ्गठन निर्माणलगायतका विषयमा छलफल हुने बताइएको छ ।
जनमत पार्टीले प्रतिनिधि सभातर्फ समानुपातिकमा पाँच सिट पाएको छ । त्यसको बारेमा टुङ्गो लगाउन केन्द्रीय समितिको निर्णय हुनुपर्ने भएको हुनाले बैठक बोलाएको बताइएको छ । संघमा जनमत पार्टीले तीन जना महिला र दुई जना पुरुष पठाउन पाउनेछ ।
Facebook Comments Box