काठमाडौँ-भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ। उच्च अदालत पाटनबाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि परीक्षा स्थगित गरिएको हो।
विभागले फागुन २८ मा भन्सार एजेन्टको इजाजत पत्रको लागि लिखित परीक्षा गर्ने तयारी गरेको थियो। तर उच्च अदालत पाटनबाट फागुन २६ मा विभाग समेतको नाममा चैत ६ गतेसम्म स्थगित गर्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी भएको विभागले जनाएको छ।
Facebook Comments Box