– खगेन्द्र गिरी `कोपिला´
राणा शासनका अन्तिम र २००७ सालको परिवर्तनपछिका प्रथम प्रधानमन्त्री मोहन शमशेर राणाका नाति पशुपति शमशेर राणालाई राप्रपाले आफूले पाएको समानुपातिक सांसदका सात आसनमध्ये एकमा सङ्ख्या क्रम १ मा नाम राखेर छाने छ।
अहिलेको संसदमा उहाँ जत्तिको लामो संसदीय अनुभव भएको व्यक्ति अर्को कोही छैन। संभवत: उहाँ चित्रबहादुर गौतमपछि प्रतिनिधि सभाको सबैभन्दा बुढो सदस्य हुनुहुन्छ।
नेपालको संसदीय इतिहासमा सबैभन्दा लामो संसदीय अनुभव बालाराम घर्तिमगरको छ। उहाँ पञ्चायत कालमा २८ वर्ष र बहुदल आएपछि ९ वर्ष गरि जम्मा ३७ वर्षसम्म संसदको सदस्य हुनुभएको थियो। त्यसपछि दोश्रो लामो संसदीय अनुभव पशुपति शमशेर राणाकै छ। राणा पञ्चायत कालमा १६ वर्ष र बहुदल आएपछि १६ वर्ष गरि जम्मा ३२ वर्ष संसद सदस्य भैसक्नु भएको छ।
श्री राणा पहिलोपल्ट २०३० सालमा ३२ वर्षको उमेरमा सिन्धुपाल्चोकबाट राष्ट्रिय पञ्चायतको सदस्य चुनिनु भएको थियो। त्यसपछि उहाँले २०५६ सालसम्म निरन्तर सातपटक सिन्धुपाल्चोकबाट नै चुनाव जितिरहनु भयो। २०६४ सालपछि भने उहाँले कहिल्यै चुनाव जित्न सक्नु भएन। उहाँले आजसम्म कहिल्यै पनि मनोनित र समानुपातिकको बाटोबाट संसदमा पस्ने रहर गर्नु भएन। यस पटक भने ८१ वर्षको उमेरमा प्रत्यक्ष निर्वाचित भएर आउने आँट गर्न नसकेर समानुपातिकको बाटो रोज्नु भो।
२०६३ साल माघमा अन्तरिम विधान जारी गरि माओवादीका ८३ जना प्रतिनिधिलाई समेत मनोनित गरेर तत्कालीन प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यलाई अन्तरिम संसदको सदस्यमा रुपान्तरण गर्दा राजावादीहरुलाई भने पदमुक्त गरिएको थियो। तर राणाले त्यतिखेर आफूलाई गणतन्त्रको पक्षमा उभ्याएकोले उहाँले अन्तरिम संसदको सदस्य हुने मौका पाउनु भएको थियो।
२०६४ सालमा पशुपतिशमशेर राणाले चुनाव हार्नु भो तर २०६५ सालको संविधान सभामा उहाँले नेतृत्व गरेको राप्रपाले गणतन्त्रको पक्षमा मतदान गरेको थियो।
जीवनभर पञ्चायत, राजतन्त्र र राप्रपाको पक्षमा रहेर राजनीति गरेका राणाले त्यतिखेर अकस्मात गणतन्त्रपट्टि लाग्दा धेरैले “पशुपति शमशेर राणाले गहतको झोलमा इज्जत फाल्यो” भनेर टिप्पणी गरेका थिए। तर आफूले हिडेको बाटो आफै मेट्न उद्दत रहेका राणा समयक्रममा बिस्तारै राजतन्त्र र राष्ट्रवादी धारमै फर्किनु भो। अनि धेरैले फेरि टिप्पणी गरे “राणा शासनका अन्तिम र २००७ सालको परिवर्तनपछिका प्रथम प्रधानमन्त्री मोहन शमशेर राणाका नाति पशुपति शमशेर राणालाई राप्रपाले आफूले पाएको समानुपातिक सांसदका सात आसनमध्ये एकमा सङ्ख्या क्रम १ मा नाम राखेर छाने छ।
अहिलेको संसदमा उहाँ जत्तिको लामो संसदीय अनुभव भएको व्यक्ति अर्को कोही छैन। संभवत: उहाँ चित्रबहादुर गौतमपछि प्रतिनिधि सभाको सबैभन्दा बुढो सदस्य हुनुहुन्छ।
नेपालको संसदीय इतिहासमा सबैभन्दा लामो संसदीय अनुभव बालाराम घर्तिमगरको छ। उहाँ पञ्चायत कालमा २८ वर्ष र बहुदल आएपछि ९ वर्ष गरि जम्मा ३७ वर्षसम्म संसदको सदस्य हुनुभएको थियो। त्यसपछि दोश्रो लामो संसदीय अनुभव पशुपति शमशेर राणाकै छ।
राणा पञ्चायत कालमा १६ वर्ष र बहुदल आएपछि १६ वर्ष गरि जम्मा ३२ वर्ष संसद सदस्य भैसक्नु भएको छ।
श्री राणा पहिलोपल्ट २०३० सालमा ३२ वर्षको उमेरमा सिन्धुपाल्चोकबाट राष्ट्रिय पञ्चायतको सदस्य चुनिनु भएको थियो। त्यसपछि उहाँले २०५६ सालसम्म निरन्तर सातपटक सिन्धुपाल्चोकबाट नै चुनाव जितिरहनु भयो। २०६४ सालपछि भने उहाँले कहिल्यै चुनाव जित्न सक्नु भएन। उहाँले आजसम्म कहिल्यै पनि मनोनित र समानुपातिकको बाटोबाट संसदमा पस्ने रहर गर्नु भएन। यस पटक भने ८१ वर्षको उमेरमा प्रत्यक्ष निर्वाचित भएर आउने आँट गर्न नसकेर समानुपातिकको बाटो रोज्नु भो।
२०६३ साल माघमा अन्तरिम विधान जारी गरि माओवादीका ८३ जना प्रतिनिधिलाई समेत मनोनित गरेर तत्कालीन प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यलाई अन्तरिम संसदको सदस्यमा रुपान्तरण गर्दा राजावादीहरुलाई भने पदमुक्त गरिएको थियो। तर राणाले त्यतिखेर आफूलाई गणतन्त्रको पक्षमा उभ्याएकोले उहाँले अन्तरिम संसदको सदस्य हुने मौका पाउनु भएको थियो।
२०६४ सालमा पशुपतिशमशेर राणाले चुनाव हार्नु भो तर २०६५ सालको संविधान सभामा उहाँले नेतृत्व गरेको राप्रपाले गणतन्त्रको पक्षमा मतदान गरेको थियो।
जीवनभर पञ्चायत, राजतन्त्र र राप्रपाको पक्षमा रहेर राजनीति गरेका राणाले त्यतिखेर अकस्मात गणतन्त्रपट्टि लाग्दा धेरैले “पशुपति शमशेर राणाले गहतको झोलमा इज्जत फाल्यो” भनेर टिप्पणी गरेका थिए। तर आफूले हिडेको बाटो आफै मेट्न उद्दत रहेका राणा समयक्रममा बिस्तारै राजतन्त्र र राष्ट्रवादी धारमै फर्किनु भो। अनि धेरैले फेरि टिप्पणी गरे “ढाडे बिरालो घुम्दै फिर्दै फेरि घरै फर्कियो”।
श्री पशुपतिशमशेर राणाजस्तो पाँच दशक पहिलेदेखिको संसदीय अनुभव भएको व्यक्तिलाई सदस्यको रुपमा पाउँदा प्रतिनिधि सभालाई राम्रै होला तर राप्रपालाई भने असजिलो हुने संभावना पनि छ। पशुपति शमशेरको छवि सिद्धान्तभन्दा सुविधा र शक्तिको राजनीति गर्ने भनेर चिनिन्छ। राणाकै कारण राप्रपा फेरि आफ्नो सिद्धान्तबाट बरालिएर सत्ताको भासमा डुब्ने त होइन भन्ने डर पनि उत्पन्न भएको छ।
विगतको अनुभवलाई हेरेर भन्न सकिन्छ राणा नेपालको राष्ट्रवादी-परम्परावादी धारलाई सैद्धान्तिक रुपले बलियो बनाउने गुण भएका नेता भने हैनन्। ढाडे बिरालो घुम्दै फिर्दै फेरि घरै फर्कियो”।
श्री पशुपतिशमशेर राणाजस्तो पाँच दशक पहिलेदेखिको संसदीय अनुभव भएको व्यक्तिलाई सदस्यको रुपमा पाउँदा प्रतिनिधि सभालाई राम्रै होला तर राप्रपालाई भने असजिलो हुने संभावना पनि छ। पशुपति शमशेरको छवि सिद्धान्तभन्दा सुविधा र शक्तिको राजनीति गर्ने भनेर चिनिन्छ। राणाकै कारण राप्रपा फेरि आफ्नो सिद्धान्तबाट बरालिएर सत्ताको भासमा डुब्ने त होइन भन्ने डर पनि उत्पन्न भएको छ।
विगतको अनुभवलाई हेरेर भन्न सकिन्छ राणा नेपालको राष्ट्रवादी-परम्परावादी धारलाई सैद्धान्तिक रुपले बलियो बनाउने गुण भएका नेता भने हैनन्।