काठमाडौं – सरकारले बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकले खाद्य पदार्थमा रहेको हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय गरेको छ भने निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० केभी प्रसारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
त्यस्तै, माथिल्लो फावाखोला जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, संरक्षण क्षेत्रभित्रका जलविद्युत आयोजनाका लागि थप शर्त समावेश गर्ने र मौसमी कामदार व्यवस्थापन निर्देशिका स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।
त्यस्तै, मन्त्रिपरिषद्ले कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलव्ध गराउन स्वीकृति दिने निर्णय पनि गरेको छ
।