काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष तीन देशका राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा संयुक्त अरब इमिरेट्स, ताञ्जानिया र सर्बियाका राजदुतले आ-आफ्नो ओहदाको प्रमाणपत्रहरुको बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार ओहदाको प्रमाणपत्र बुझाउनेहरुमा नेपालका लागि संयुक्त अरब इमिरेट्सका अब्दुल्ला सइद मुवारक जरवन अलसामसी, नेपालका लागि संयुक्त गणतन्त्र ताञ्जानियाका कापुफी एमबेगा र नेपालका लागि सर्बियाका सिनिसा पेभिक रहेका छन् ।
उनीहरुमध्ये एकजना नेपालका लागि आवासीय र दुई जना गैर आवासी राजदूतहरु हुन् ।
Facebook Comments Box