काठमाडौं – कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराजलाई डिल्लीबजार कारागार पठाउने तयारी गरिएको छ ।
केन्द्रीय कारागार सुन्धाराबाट मध्याह्न रिहा भएका शोभराजलाई डिल्लीबजार कारागार पठाउने तयारी गरिएको हो ।
उनी अहिले अध्यागमन विभागमा छन् । थप कागजी प्रक्रियाका लागि उनलाई डिल्लीबजार कारागार पठाउन लागिएको अध्यागमन र सुरक्षा स्रोतले जनाएको छ । कागजी प्रक्रिया नमिलेसम्म उनी उनी डिल्लीबजार कारागारमा रहनेछन् ।
उनको पासपोर्टलगायत कागजात नभएकाले सो प्रक्रिया पूरा नभएसम्म डिल्लीबजार कारागारमा रहनेछन् । सबै प्रक्रिया पुरा भइसकेपछि उनलाई फ्रान्स डिपोर्ट गरिने अध्यागमन विभागले जनाएको छ ।
उनलाई १५ दिनभित्र फ्रान्स पठाउनका लागि सर्वोच्चले बुधबार आदेश दिएको थियो ।
Facebook Comments Box