काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले जसको सरकार बने पनि जनतालाई भने सधैँ सास्ती हुने गरेको बताएका छन् । उनले राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने सबै सरकारमा पुगेको तर जनतालाई भने सधैँ सास्ता हुने गरेको बताएका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएको केहीबेरमा बालेनको यस्तो टिप्पणी आएको हो ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा। हामी प्रजा सधैँ सास्तीमा ।’
प्रचण्ड नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थनमा प्रधानमन्त्री बनेका हुन्।
उनलाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।