दार्चुला – दार्चुलामा लडेर गम्भीर घाइते भएकी एक महिलाको हवाई उद्धार गरिएको छ ।
घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएकी मालिकार्जुन गाउँपालिका –५ डाँडाकोटकी ३४ बर्षीया लक्ष्मी लोहारको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो । उनलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको र नेपालगञ्ज मेडिकल कलेजमा उनको उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हेमन्ती साउँदले जानकारी दिइन् ।
आइतबार साँझ घर नजिकैको दुनी भीरमा घाँस काट्ने बेला लडेर लोहार घाइते भएकी थिइन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याएपनि उपचार सम्भव नभएपछि हेलिकोप्टर मार्फत उद्धार गरिएको जनाइएको छ ।
Facebook Comments Box