काठमाडौं – नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार एक महिना भन्दा बढी नटिक्ने बताएका छन्
आज ९मंगलबार० काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार गठन भएपनि राजनीतिक स्थायित्व कायम हुन मुस्किल रहेको बताएका हुन् ।
नेता विश्वकर्माले कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन टुट्ने कांग्रेसको कुनै नेताहरुले नसोचेको बताउँदै प्रचण्डले राजनीतिक अस्थिरता निम्त्याएको आरोप लगाएका हुन् ।
उनले भने, ‘बालुवाटार बैठकबाट एकछिन भनेर निस्कनुभएको प्रचण्डजी एकैछिनमा बालकोट पुगेर परिस्थिति अर्कै बनाउनुभयो । गठबन्धन दलले राजनीतिक स्थितरता सोचेका थियौँ। उहाँले दुभाग्यपूर्ण घटना घटाउनुभयो ।’
उनले ओली र प्रचण्डलाई कटाक्ष गर्दै जोसँग डिभोर्स भयो त्यसैसँग पुनः विवाह भएको घटना नदेखेकाले आफूहरु आचर्य भएको बताए । उनले भने, ‘संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । त्यो ३० दिनसम्म सरकार कसरी जान्छ । तर, ३० दिन कट्यो भनेर सरकार दुईवर्ष जान्छ । मलाई लागेको ।’