रूपन्देही – १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीमा एक जना पक्राउ परेका छन् ।
सिद्धार्थनगर नगरपालिका(१ बेलहियाका २४ वर्षीय सचिन थापालाई मंगलबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सिद्धार्थनगर नगरपालिका(१ बेलहियास्थित निर्माणाधीन होटेलको कम्पाउण्डभित्र किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले बताएको छ ।
Facebook Comments Box