काठमाडौं – बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसीको सुनुवाई आज बिहीबार सुनुवाइ हुँदैछ।
बिहीबार उच्च अदालत पाटनमा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासको पाँचौँ नम्बरमा सुनुवाइ तोकिएको छ।
आफूलाई थुनामा पठाउने आदेश बेरित रहेको भन्दै बदरको माग राखेर सन्दीपले पुनरावेदन दिएका हुन्। सुनुवाइपछि इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामै राख्ने वा पुर्पक्षका लागि धरौटी रिहा गर्ने भन्ने आदेश गर्नेछ।
यसअिघ सन्दीप र सरकारी वकिल दुवै पक्षबाट बहस हुनेछ। बहस सकिएपछि इजलासले आदेश दिनेछ।
Facebook Comments Box