काठमाडौँ – चिनीयाँ एप टिकटक लामो समयदेखि अमेरिकी सरकारको निशाना बनेको छ । युएस हाउसले सरकारले जारी गरेका सबै यन्त्रहरूमा टिकटकमाथि प्रतिबन्ध लगाएको छ ।
योसँगै अब सरकारी यन्त्रहरूमा टिकटक एप चल्ने छैन । अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ एडमिनिस्ट्रेशनले यसको पुष्टि गरेको छ ।
अनुसार टिकटक प्लेटफर्म विभिन्न सुरक्षा समस्याका कारण उच्च जोखिममा रहेको भन्दै प्रतिबन्ध लगाएको सदनका प्रमुख प्रशासकीय अधिकृतले जनाएका छन् ।
यो एप हाल स्थापित भएका सरकारी यन्त्रहरूबाट तुरुन्तै अनइन्स्टल गरिनुपर्छ। सामान्य प्रयोगकर्ताका लागि यो प्रतिबन्ध न लगाइए पनि यसले अमेरिकामा टिकटकलाई पूर्णरुपमा प्रतिबन्ध लगाउने चर्चा पुनः शुरु गरेको छ ।
Facebook Comments Box