नेपाल कम्युनिष्ट पार्टी माओवादीका उपमहासचिव एवम् जाजरकोटबाट प्रतिनिधिसभामा निर्वाचित शक्तिबहादुर बस्नेत मन्त्री हुने दौडधुपमा लागेका छन् । उनले वरियता जस्तोसुकै भएपनि स्वीकार्ने संकेत दिएका छन् । उपप्रधानसहित गृहमन्त्री भएका लामिछानेभन्दा वरियतामा तल बसेर भएपनि सरकारमा जान तयार भएका छन् । लामिछाने आफ्नो पार्टीको नेता नभएकाले सरकारमा जान वरियताले कुनै असर नपर्ने बस्नेतले बताए ।
आफूलाई वरियताकै कारण सरकारमा नजाने हल्ला चलाइएको भन्दै बस्नेतले असन्तुष्टि पोखे । बस्नेत वरियतामा लामिछाने भन्दा तल भएपनि सरकारमा जान तयार भएका छन् । उनी यसअघि गृहमन्त्री भएपनि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री भएका थिए ।
यसपटक पनि बस्नेत वरियताको कुनै प्रभाव नगर मन्त्री हुने चक्करमा लागेका छन् । बस्नेत चारपटक सांसद तीन पटक मन्त्री भइसकेका छन् । प्रधानमन्त्री प्रचण्डले यसपटक युवा सांसदलाई अघि सार्ने तयारी गरेका छन् । पटक–पटक मन्त्री र सांसद भएका भन्दा युवालाई प्राथमिकतामा राखेर मन्त्री बनाउने योजनामा उनी
लागेका छन् ।